स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य



काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई जितको लागि एक सय ९४ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको टिटउट रङ्गशालामा टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको हो ।

स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा पाँच चौका र छ छक्कासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे । यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक–एक विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साम्बासहित १० खेलाडी सम्मानित

काठमाडौँ। एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित