काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता आइतबारदेखि



काठमाडौं ।  काठमाडौं महानगरपालिका– २६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२’ आइतबारदेखि हुने भएको छ। काठमाडौं महानगरपालिका–२६ ले आज यहाँ पत्रकार सम्मेलन गरी आइतबार असार १ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा वडाध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

‘वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएका कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो,’ उनले भने। वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु. ३५ लाख रकम विनियोजन गरेको वडाध्यक्ष तिवारीले बताए।

प्रतियोगिताका संयोजक एवं वडासदस्य प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौंभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र कराँतेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उनले बताए ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु. एक लाख ५० हजार, उपविजेतालाई रु. ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु. १० हजारका दरले प्रदान गरिनेछ। यसैगरी, तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः रु. ७५ हजार, रु. ५० हजार र रु. २५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु. १० हजार प्रदान गरिनेछ। महिला तथा पुरुष टेबुलटेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताए।

यस्तै, डब्लुकेएफ कराँते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु. ३० हजार, रु. १५ हजार र रु. १० हजार प्रदान गरिनेछ भने टोली विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. २० हजार प्रदान गरिने जनाइएको छ। कराँतेको आइकेयूतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु. १० हजार, रु. आठ हजार, रु. ६ हजार र रु. पाँच हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साम्बासहित १० खेलाडी सम्मानित

काठमाडौँ। एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित