सबैले खेल क्षेत्रलाई बढी महत्व दिनुपर्छः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाउँदै गइरहेको बताएका छन् ।

प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्व दिनुपर्ने बताएका हुन् ।

उनले राज्यले खेल क्षेत्रलाई अझ बढि बजेटको व्यवस्था र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले खेलाडीहरुको भविष्य खेल क्षेत्रमा सुनिश्चित हुने गरी संवेदनशील हुन जरुरी रहेको बताए ।