आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाइ गरेको छ । नेपाली टोली बुधबार साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले बुधबार आयोजित एक कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलिलाई हौसला प्रदान गर्ने भन्दै लिग–२ शृङ्खलाका लागि शुभकामना प्रदान गरे ।

नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगामी जुन २ देखि १० तारिख (आगामी जेठ १९–२७ गते) सम्म सिरिज खेल्नेछ । लिग–२ सिरिजपछि नेपालले ती देशसँग टी–२० आई सिरिजसमेत खेल्ने क्यानले जनाएको छ । उक्त सिरिज भने जुन १५ देखि २० तारिख (आगामी असार १–६ गते) सम्म सञ्चालन हुनेछ । लिग–२ खेल्नु अगाडि नेपालले बेलायतको स्थानिय टोली तथा स्टकल्याण्डको ‘ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ ।

लिग–२ को शृङ्खलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख सहयोग र श्रमदान

टी–२० क्रिकेटमा नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित

काठमाडौं । टी–२० क्रिकेट नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३४

स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई जितको

‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरले आजदेखि प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ सुरु गरेको