कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिका फाइनलमा



काठमाडौँ । कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ ।

गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा भएको खेलमा महानगरपालिका लागि राजकुमार पौडेलले पहिलो गोल र त्यसपछि मनिष सेढाईँले लगातार २ गोल गरेका थिए । महानगरपालिका ‘समूह बी’बाट र कीर्तिपुर ‘समूह डी’बाट सेमिफाइनल खेलमा पुगेका थिए ।

सेमिफाइनलको अर्को खेल आज ‘समूह ए’ र ‘समूह सी’ का विजेताहरु आयोजक गोदावरी नगरपालिका र काठमाडौँको दक्षिणकाली नगरपालिकाबीच हुनेछ ।

भोलि आयोजक गोदावरी र काठमाडौँको दक्षिणकाली नगरपालिकाबीच सेमिफाइनल खेल हुँदैछ । यस खेलका विजेता टीम र काठमाडौँ महानगरपालिकाको टीमबीच आउँदो शुक्रबार फाइनल खेल हुनेछ ।

गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत महानगरपालिकाको पहिलो खेल चाँगुनारायण नगरपालिकासँग भएको थियो ।

यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५–० गोलले पराजित गरेको थियो । यस खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ र मनिष सेढाईँले महानगरपालिकाका लागि १/१ गोल दिलाएका थिए ।

समूह बि मा रहेको महानगरपालिकाले दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङले १ गोल गरेका थिए ।

महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका छन् ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् ।

यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।

प्रतियोगिताको बिजेता टिमलाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख सहयोग र श्रमदान

टी–२० क्रिकेटमा नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित

काठमाडौं । टी–२० क्रिकेट नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३४

स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई जितको

‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरले आजदेखि प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ सुरु गरेको