रौतहट । जय नेपाल कप रौतहट जिल्ला अन्तरकलेज टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको आइतबारको पहिलो खेलमा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाले सुरत रामकेवल बहुमुखी क्याम्पस गुजरालाई ८५ रनले हराएको छ ।
कांग्रेस विद्यार्थी विभागद्वारा चन्द्रपुर–८ स्थित बेतौना खेलमैदानमा आयोजित प्रतियोगितामा टस जितेर पहिले ब्याटिङमा उत्रेको मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १९० रनको योगफल तयार पारेको थियो ।
१९१ रनको लक्ष्य पाएको सुरतकेबल क्याम्पस गुजराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०५ रनमात्रै जोड्न सफल भयो । खेलको प्लेयर अफ द म्याच मध्य रौतहटका नितेश यादव घोषित भए । उनले २६ बलमा ५५ रन जोडे । उनले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिए ।
त्यसैगरी दोस्रो खेल सिधुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर र श्री देवी सीटीईभीटी कलेज माधवनारायण नगरपालिकाको बीचमा भएको थियो ।
उक्त खेलमा सिधुरेघारी ७ विकेटले विजयी भयो । टस जितेर ब्याटिङमा उत्रेको श्रीदेवी सीटीईभीटी कलेजले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमात्रै जोडेको थियो ।
जवाफी ब्याटिङमा उत्रेको सिधुरेघारी बहुमुखी क्याम्पसले १६.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । खेलको प्लेयर खफ द म्याच सिधुरेघारी बहुमुखी क्याम्पसका अर्विन्द बैठा घोषित भए । उनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिएका थिए ।

प्रतिक्रिया