विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित



काठमाडौँ । नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।

थाइल्यान्डको बैंकमा भएको प्रतियोगितामा महिला ५२ केजीमुनिको प्रतिस्पर्धामा देवकी विश्व च्याम्पियनसिपकी कांस्य विजेता नान्दिनसँग पराजित भएकी हुन् । उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिए ।

बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्ववरीयतामा ३०४औँ तथा नान्दिन ७५औँ स्थानमा छन् ।
अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा देवकीसहित नेपालबाट छ खेलाडीले सहभागिता जनाएका थिए ।

महिला ५७ केजीमुनि ओलम्पियन मनीता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई पराजित गरिन् भने दोश्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग चुकिन् । महिला ७० केजीमुनि प्रतिस्पर्धामा भारतीय खेलाडीले रञ्जना खड्कालाई पाखा लगाइन् ।

पुरुष ६० केजीमुनि प्रतिस्पर्धामा विकास विकले तुर्कमिनिस्तानका खेलाडीलाई पराजित गरे भने दोश्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे । यस्तै, ६६ केजीमुनिको स्पर्धामा विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनिमा विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसीसी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल

जितका थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले

‘पृतनापति ट्रफी’ मा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स

कर्णाली । यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता

खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रङ्गशालाहरूलाई अपाङ्गमैत्री बनाइने

काठमाडौँ । युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको निर्माण गरिने