कञ्चनपुरको झलारीमा कभर्डहल निर्माण



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण गरिएको छ । कभर्ड हल निर्माणले खेलकुद क्षेत्रको विकासमा सहयोग पुगेको नगरप्रमुख रणबहादुर महराले जानकारी दिए ।

“नगर क्षेत्रमा स्तरीय कभर्ड हल नहुँदा खेलाडीलाई खेलकुदको अभ्यास गर्न समस्याथियो”, उनले भने, “नगरवासीको चाहनालाई मध्यनजगर गर्दै कभर्डहल निर्माण गरी सञ्चालनमा ल्याएका छौँ ।”

नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार कभर्डहल एसएनएस जय लक्ष्मी जेभी नेपालगञ्जले ठेक्का प्रक्रियामार्फत निर्माण गरेको हो ।

विसं २०८० असार १९ गते ठेक्का सम्झौता भएको कभर्डहल निर्माण विसं २०८१ कात्तिक मसान्तमा सम्पन्न गर्नुपर्ने थियो ।

कभर्डलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न सकिने प्याराफिट, १२ वटा शौचालय तथा बाथरुम, ड्रेसिङ रुमलगायत छन् । भवनको क्षेत्रफल पाँच हजार चार सय ९४ दशमलव ९१ वर्गफिट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि ७० खेलाडी छनोट

बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका

नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ। पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको

नेपाल एमेच्योर गल्फ मङ्गलबारदेखि

काठमाडौँ । नेपाल गल्फ सङ्घको आयोजनामा ११औँ संस्करणको नेपाल एमेच्योर खुला गल्फ प्रतियोगिता

लक्ष्यअनुसार प्रगति हुन नसकेपछि गौतमबुद्ध क्रिकेट रङ्गशालामा दुई ‘सिफ्ट’मा काम

चितवन । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत