एनएसएलमा ललितपुर र झापाको खेल बराबरी



 

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा दुवै टोलिले १–१ को बराबरीमा खेलेका हुन् । यस खेलसँगै ६ खेलमा १२ अङ्क जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । जितविहीन बनेको झापाले समान खेलबाट पाँच अङ्कका साथ छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ । ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ५४औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो ।

त्यसपछि खेल ६५औँ मिनेटमा लाकेन गोल गर्दै झापालाई बराबरीमा ल्याए । भोलि चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल यही जेठ २७ देखि

कास्की ।देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको