ललितपुर एनएसएलको ‘प्लेअफ’मा



काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा पुगेकोे छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले परासिजत गर्दै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको हो ।

खेलकोे २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलको ८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे । आजको जितसँगै पाँच खेलबाट ११ अङ्क बटुल्दै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा ललितपुरले तीन खेलमा जित र दुई खेल बराबरी खेलेको हो । ललितपुर साबिक विजेता टोली हो ।

लगातारको चौथो हारपछि बुटवल लुम्बिनी एफसी प्लेअफको होडबाट बाहिरिएको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी खेल्दा बाँकी चार खेलमा हार बेहोर्नुपर्यो । बुटवल तालिकाकोे पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन नेपाल सुपर लिगको प्ले अफमा

काठमाडौं । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल

‘केपी ओली कप’ को उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने

कास्की । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको तयारी पूरा

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण

गणेश थापामाथि फिफाको निलम्बन समाप्त, भावी योजना के छ ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल