एनएसएलमा झापा र पोखराबीचको खेल बराबरीमा



काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र पोखरा थन्डर्सबीचकोे खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले एक÷एक गोल गर्दै अङ्क बाँडेका हुन् ।

खेलको ५२औँ मिनेटमा पोखरा थन्डर्सका स्टिफन समीर बिनोङले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६५औँ मिनेटमा झापाका लाजार आर्सिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै समूहले गोल गर्न सकेनन् ।

आजको खेलसँगै झापाको यो लगातार चौथो पटकको बराबरी खेल होे । आजको खेलपछि पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएकोे छभने झापा चार खेलबाट चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ । आजको दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिडनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन नेपाल सुपर लिगको प्ले अफमा

काठमाडौं । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल

‘केपी ओली कप’ को उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने

कास्की । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको तयारी पूरा

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण

गणेश थापामाथि फिफाको निलम्बन समाप्त, भावी योजना के छ ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल