१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने
काठमाडौं । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १२२ औँ बोर्ड बैठकले प्रतियोगिता आगामी जेठमा नगर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बैठकमा प्रतियोगिता जेठमा नगर्ने प्रस्ताव राखेका थिए । मन्त्रीको प्रस्तावमा माओवादी निकट सदस्यहरूले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । प्रतियोगिता यसअघि तीनपटक मिति परिवर्तन भइसकेको छ ।
पछिल्लो पटक राखेपको १२१औँ बैठकले प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । मिति तय भएपछि सचिवालय स्थापना भइसकेको छ भने लोगो र मस्कट सार्वजनिक भइसकेको छ ।