चारदेशीय टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो जित



काठमाडौं । चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । बिहीबार हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो । १८६ रनको विजय लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रनको पारी खेले। उनले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गरे ।

नेपालका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीले नेपाललाई जित नजिक पुर्याए । यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। तेस्रो खेल १२ अप्रिलमा नेपालले घरेलु टिम हङकङसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँतेमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिकालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । कराँतेमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी

अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

म्याग्दी । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूर्ण

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको

महिला फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । थाइल्यान्डको