मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलको पहिलो सेमिफाइलमा गण्डकी विजयी



भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३–० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५–२१, २५–१९ र २५–१५ अङ्कको फरकमा गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको हो । आजै हुने दोस्रो सेमिफाइल खेल सुदूरपश्चिम र कोशी प्रदेशका बीचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कोशी प्रदेश सरकारअन्तर्गत प्रदेश खेलकुद विकास बोर्डले २० लाख सहयोग गरेको छ । प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले एक लाख ७५ हजार, तेस्रोले ८० हजार र चौथो हुने टोलीले ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । उनका अनुसार पाँच विधामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल यही जेठ २७ देखि

कास्की ।देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको