टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको विजयी सुरुवात



काठमाडौँ । हङ्कङमा बुधबारदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७ रन जोडे । उनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए । नेपालले अतिरिक्त १६ रन प्राप्त गर्यो । कतारका लागि मुजीब–उर–रहमानले दुई विकेट हात पारे ।

त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए । उनले ५४ बलमा ५ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए । शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए । कतारका लागि रिफाइ थेरुवाथले छ र जसिम खानले चार रनको योगदान दिए । कतारले अतिरिक्त पाँच रन प्राप्त गर्यो ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका