पर्यटन प्रवद्र्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने



ओखलढुङ्गा । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको थोलेदेम्बा डाँडामा ‘गल्फ महोत्सव’ हुने भएको छ ।

तीन हजार ३५० मिटर उचाइमा रहेको जिल्लाकै अग्लो भाग देम्बाडाँडामा यसक्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव आयोजना गर्न लागिएको हो ।

खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते देम्बाडाँडा र समग्र जिल्लाको पर्यटन विकाससँग जोडेर गाउँपलिकाले महोत्सव आयोजना गर्न लागेको बताए ।

उनका अनुसार महोत्सवमा अमेरिका, बेलायत, क्यानडा, कोरिया र भुटानलगायत छ देशका खेलाडी सहभागी हुनेछन् ।

नेपालका विभिन्न जिल्लाबाट खेलाडीको सहभागिता रहने अध्यक्ष शेर्पाले जानकारी दिए । “पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा खिजीदेम्बाको पर्यटन विकासबाट आर्थिक रूपमा सहयोग पुग्ने निचोडमा पुग्यौँ । सोहीअनुसार पालिकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगितासहितको महोत्सव आयोजना गरेको हो । अब हरेक वर्ष यसलाई निरन्तरता दिनेछौँ”, उनले भने ।

पालिकाले केही समयअघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्वारा सम्भाव्यता अध्ययनसमेत गरेको थियो । गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि एक महिनाअघि तीनदिने जातीय पहिचानसहितको सास्कृतिक महोत्सव आयोजना गरिएको थियो ।

अध्यक्ष शेर्पाले विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङसमेतका लागि पूर्वाधार विकास गरिएको बताए ।

साहसिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिता आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने पालिकाको योजना रहेको उनको भनाइ छ ।

एकैठाउँबाट हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्दै विभिन्न प्रजातिका गुराँस र फूलको सुगन्धमा रम्न पाइने देम्बाडाँडा पर्यटकको रोजाइमा पर्ने गरेको छ । यो डाँडा महत्वपूर्ण एक सय गन्तव्यको सूचीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौँ । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी

ललितपुर एनएसएलको ‘प्लेअफ’मा

काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा

एनएसएलमा झापा र पोखराबीचको खेल बराबरीमा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र

नेपाल चार देशीय क्रिकेटको फाइनलमा

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली