उदयदेव प्रिमियर लिग सुरु, उद्घाटन खेलमा पाटन भ्याली विजयी



 

बैतडी । बैतडीको पाटनमा शुक्रबारदेखि दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पाटनस्थित श्रीकृष्ण माविको खेल मैदानमा एक कार्यक्रमकाबीच औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

क्लबका अध्यक्ष सन्तोष जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथि थिए । कार्यक्रममा अन्य जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमीलगायत उपस्थिति थियो ।

उद्घाटन समारोहपश्चात् भएको खेलमा आजोजक पाटन भ्याली क्रिकेट क्लब विजयी भएको छ । सुखद सुरुवात गर्ने क्रममा भ्यालीले सिगास सेवा समाजलाई २४ रनले हरायो । जितका लागि पाएको १९९ रनको लक्ष्य पछ्याएको सिगासले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भ्यालीले २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनायो । भ्यालीका लागि युवराज भण्डारीले सर्वाधिक ५० रन हिर्काए । आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल चैत २८ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले एक लाख एक हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले  ४५ हजार ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा म्यान अफ द सिरिजलाई  आठ हजार ८४८, बेष्ट ब्याट्स्म्यान  तथा बेष्ट बलरलाई पाँच हजार ५५५ र उदयमान खेलाडीलाई रु दुई हजार ५२५  नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो संस्करणको उदयदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले हात पारेको थियो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न