अफगानिस्तानसँग नेपाल १३० रनले पराजित



काठमाडौं । नेपाल विरुद्धको यु-१९ एक दिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा अफगानिस्तान १३० रनले विजयी भयो ।

अफगानिस्तानले दिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १७० रन बनाउँदा अलआउट भयो । नेपालका निरज यादवले अर्धशतक बनाए पनि उनलाई अन्य ब्याटरले साथ दिएनन् । र नेपाल फराकिलो हार व्यहोर्न बाध्य भयो । यस्तै अशोक धामी र सन्तोष यादवले समान २४ रन बनाउँदा अभिषेक तिवारीले १७ रन बनाए ।

अफगानिस्तानका लागि जैबुल्लाह शाहीनले १० ओभरमा २४ रन दिएर २ विकेट लिए । महबुब खान र वाहिदुल्लाह जाद्रानले पनि २–२ विकेट लिँदा अब्दुल अजिज र नूरिस्तानी ओमरजाईले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाउँदै ३ सय १ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए । त्यस्तै ओपनर खालिद अहमदजाईले ७६ रन बनाए ।

यी दुई मिलेर दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए । नेपालका सन्तोष यादवले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका