काठमाडौँ । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क बटुलेको छ ।
बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एक/एक गोल थपे ।
यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा बुटवलका केन्टाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।
खेलको ७५औँ मिनेटमा धनगढीका मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिजाजीले अर्को गोल थपे । खेल सकिन केही समय बाँकी रहँदा धनगढीका जर्जप्रिन्सले अर्को गोल थप्दै ४–१ को फराकिलो जित पक्का गरे । बुधबार ललितपुर सिटी र पोखरा थन्डर्सबीच खेल हुनेछ ।
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि…
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे भने…
काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले दुई गोलको अग्रतालाई जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । शनिबार भएको पहिलो खेलमा इलमा धनगढीसँग दुई दुई गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इलामले दोस्रो हाफमा दुई गोल खाँदै अंक बाँडेको हो । खेलको ४५ औं मिनेटमा…