आइपिएलः मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित



काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ।

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो। जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो। यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको थियो।

कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। मुम्बईको लागि रायन रिकेलटनले अविजित रहदैँ सर्वाधिक ६२ रन बनाए। उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका हिर्काए। यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए। मुम्बईले अतिरिक्त तीन रन प्राप्त गर्‍यो। कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट हात पारे।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६ दशमलव दुई ओभरमा १० विकेट गुमाउँदै एक सय १६ रन बनाएकोे थियो। कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए। उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुन्।

रमनदीप सिंहले २२, मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणले ११ र आन्द्रे रसेलले पाँच रन बनाए कोलकाताले अतिरिक्त सात रन प्राप्त गरेको थियो । मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक चार विकेट लिए।

दीपक चाहरले दुई विकेट हात पार्दा कप्तान हार्दिक पाण्डेय, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर र मिचेल सेन्टनरले समान एक/एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटन प्रवद्र्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने

ओखलढुङ्गा । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको थोलेदेम्बा डाँडामा ‘गल्फ महोत्सव’ हुने भएको

राष्ट्रिय खुला टी–२० क्रिकेटमा स्याङ्जा र काठमाडौँको विजयी सुरुवात

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा शनिबारदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय

पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन

टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले हङकङसँग हुने टी–२० सिरिजका लागि रोहित पौडेलको