महिला टी ट्वान्टी विश्वकप एसिया छनोटका लागि २८ खेलाडी छनोट



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटका लागि आइतबार २८ खेलाडी प्रारम्भिक चरणमा छानेको छ । आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने एसिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न ती खेलाडीको नाम सार्वजनिक गरेको हो ।

छनोट हुने खेलाडीहरुमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छ्न ।

त्यसैगरी, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड़का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद छ्न ।

आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण यही चैत १९ गतेदेखि सुरु हुने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको विजयी सुरुवात

काठमाडौँ । हङ्कङमा बुधबारदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले

एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल

विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन नेपाली खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली