ललितपुर सिटी र काठमाडौँ रेजर्स २–२ गोलको बराबरीमा
काठमाडौं । अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको नेपाल सुपर लिगको तेस्रो सिजन शनिबारबाट दशरथ रङ्गशालामा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङले गरेका थिए अध्यक्ष नेम्बाङले अफिसियलहरूलाई म्याच बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन भएको थियो
। उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् । प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ ।