महिला एसियन कप–२०२६ को छनोटमा नेपाल समूह एफमा



काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप–२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । महासङ्घले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो ।

नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । आगमी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्नेछ ।

एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान (सुनसरी) । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ। धरानको एन्फा

एनएसएलमा धनगढीको शानदार सुरुवात

काठमाडौँ । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग

अब शहरी विकास मन्त्रालयबाटै कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट

आइपिएलः मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट