अनिशलाई तेश्रो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि



भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिश थापा मगरले हात पारेका छन् ।

नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा शबिार भएके म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन् । मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे ।

थापा मगरले तीन लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी नेपाली सेनामा कार्यरत सुशिलकुमार शाही दोस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरेर दुई लाख ५० हजार हात पारे ।

केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर रु एक लाख ५० हजार पुरस्कार जिते ।

यसैगरी महिला सहभागीलाई आधा दूरीको म्याराथन गराइएको थियो । हाफ म्याराथनमा पनि नेपाली धावकले वर्चस्व जमाए । यसमा २१ किमी हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् ।

उनले उक्त दूरी एक घण्टा २० मिनेट पाँच सकेण्डमा पूरा गर्दै रु एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेण्डमा उक्त दूरी पार गरेर दोस्रो भइन् ।

उनले  एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, चीनकै चेन विइले दुई घण्टा २६ समेण्डमा उक्त दूरी पार गरेर तेस्रो भई  ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
म्याराथनमा पुरुषतर्फ १०औँ स्थानसम्म आउने र महिलातर्फ छैठौँ स्थानतर्फ आउनेलाई पुरस्कार दिइएको थियो ।

म्याराथनअन्र्तगत पाँच किलोमिटरको खुल्ला दौड र पाँच किलोमिटरकै विद्यालयका छात्रछात्राको दौडसमेत आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ४३० भन्दा बढी सहभागी भएका थिए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल

विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन नेपाली खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली

मुख्यमन्त्रीकप भलिबलमा गण्डकी ३–१ ले विजयी

  भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज