आर्मीद्वारा गण्डकी पराजित



घोराही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।
लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो ।

उसका लागि अर्जुन कुमालले ३३, दीपक डुम्रेले १९,  कमल परियारले १७ तथा कप्तान बिपिन खत्रीले १५ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि शाहब आलमले १० ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए । यस्तै कुशल मल्ल र नरेन साउदले दुई दुई विकेट लिए ।

एक सय १७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । आर्मीका लागि तीर्तराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४ तथा इमरान शेखले १२ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका लागि चन्द्र पौडेल, बिपिन खत्री, सुवाश भण्डारी र सुदिप अर्यालले एक एक विकेट लिए ।

योसँगै आर्मीले जारी प्रतियोगितामा ७ खेलमा ६ मा जित हात पार्दै १२ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकामा दोस्रो स्थानमा छ । यस्तै गण्डकीले हालसम्म खेलेका ७ खेलमध्ये एउटामा मात्र जित निकालेको छ । गण्डकी दुई अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल

विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन नेपाली खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली

मुख्यमन्त्रीकप भलिबलमा गण्डकी ३–१ ले विजयी

  भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज