पेमा क्लब मिल्स गोल्डकपको सेमिफाइनलमा



 

मोरङ । मिल्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा स्पोर्टिङ क्लब विराटनगर विजयी भएको छ । योसँगै पेमा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुटमिल खेल मैदानमा जारी पाँचौँ संस्करणको फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गरेको हो ।

पेमा क्लबका हरि खवासले ४९औँ मिनेटमा र अनिल परियारले ६८औँ मिनेटमा एक÷एक गोल गरी आफ्नो टोलीलाई सेमिफाइनलमा पु¥याउन सफल भएका छन् । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा क्लबका अनिल परियार घोषित भएका ट्रष्टका अध्यक्ष विष्णु डुङ्गोलले जनाएका छन् ।

प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर, सप्तरी मधेस प्रदेश, फ््युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खाखा झील कटिहार विहार भारत, टिएफसी तालतलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर, लालीगुराँस स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब, मोरङ सहभागी छन् ।

प्रतियोगिता यही चैत १० गतेसम्म सञ्चालन हुनेछ । विजेताले रु एक लाख एक हजार, उपविजेताले रु ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आज हुने खेल भारत विहारको वाइएससी खाखा झील कटिहार र टिएफसी तालतलैया इटहरी सुनसरीबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तीन विकेटले

एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ

मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता