प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी



भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी भएको छ । योसँगै प्रतियोगितामा अविजित रहदै आर्मीले पाँच वटै खेल जितेको हो ।

शसस्त्र प्रहरी क्लबले दिएको १४२ रन पछ्याएको आर्मीले ४२ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गरेको थियो । आर्मीका लागि कुशल मल्ल र सोमपाल कामी क्रिजमा टिकेर खेलेपछि उसको जित सुनिश्चित भएको हो । आक्रमक मानिने कुशलले आज निकै सम्हालिएर खेलेका थिए ।

उनले ५९ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा अविजित ३१ रन बनाए । सोमपालले पनि ५१ बलको सामना गर्दै १ चौकाको सहयोगमा अविजित २२ रन बनाए । यसअघि ब्याटिङ्ग गर्दै विवेक यादवले २६, वसिर अहमदले १३ र ईमरान शेषले ११ रन बनाए ।

बलिङ्गमा शसस्त्र प्रहरीका कमल ऐरी, अमर रौटेला र रोहित पौडेलले समान दुई/दुई विकेट लिए । यसअघि रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको शसस्त्रले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १४१ रन बनाएको थियो ।

सशस्त्रका लागि सन्दिप जोराले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दिपले ९१ बलमा नौ चौका प्रहार गर्दै ६५ रन बनाए । यस्तै, अमर रौटेला, भुवन कार्की र किशोर महतोले समान ११/११ रन बनाउँदा अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कसमेत जोड्न सकेनन् ।

बलिङमा त्रिभुवन आर्मी क्लबका आकाश चन्दले १० ओभरमा ३५ रन मात्र खर्च गरी चार विकेट र सोमपालले १० ओभरमा ३४ रन दिँदै तीन विकेट लिए । यसैगरी साहब आलमले दुई विकेट र बसीर अहमदले एक विकेट लिए ।

प्रतियोगितामा पाँच खेल खेलेको सशस्त्रले तीन जित र दुई हार बेहोरेको छ भने पाँच खेल खेलेको आर्मी पाँच वटै खेलमा जितका साथ १० अङ्कसहित अङ्क तालिकामा दोश्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ

मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ