एसियन कप छनोटका लागि नेपाली टोली घोषणा



काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा तीन खेलाडीले पहिलोपटक स्थान बनाएका छन् ।

टोलीमा गोलरक्षक अन्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुवास बम ठकुरी पहिलोपटक समेटिएका हुन् । नेपालले चैत्र ८ गते सिंगापुरसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ भने चैत्र १२ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ छन् । त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, बिमल पाण्डे, सनीस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ, मिडफिल्डरमा रोहित चन्द, लैकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, आरिक बिष्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान छन् । त्यसैगरी फरवार्डमा गिलेस्पी जंग कार्की, अञ्जन बिष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तीन विकेटले

मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ