सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता



म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका- ४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ ।

जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह ‘ए’ ले मङ्गला गाउँपालिका- ३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ ।

जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले ‘आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो उनले भने,’खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’

आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् ।

मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को दुई विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिम । यही चैत ७ गते धनगढीमा आयोजना गर्न लागिएको ‘छैटौँ एसपीए सुदूरपश्चिम

नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले

चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा

मधेशलाई पराजित गर्दै एपीएफ दुई विकेटले विजयी

घोराही । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप