बिएमजे रिलोडेड क्लबद्वारा आयोजित फुटसलमा माउन्ट सगरमाथा प्रथम
काठमाडौं । बिएमजे रिलोडेड क्लबद्वारा सञ्चालन गरिएको फुटसलको उपाधि माउन्ट सगरमाथाले जितेको छ । बिहीबार भएको फाइनलमा माउन्ट सगरमाथाले उपाधि जितेको हो ।
दोस्रोमा कञ्चनजंघा र तेस्रोमा मकालु भएका थिए । प्रतियोगितामा माउन्ट सगरमाथा, माउन्ट लोत्से, माउन्ट कञ्चनजंघा र माउन्ट मकालुको सहभागिता थियो । नेपाली महिला राष्ट्रिय फुटबल टिमका डिफेन्डर गीता रानाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
विन्टर सिजन ट्रफी अवार्डतर्फ बेस्ट गोलकिपरमा सुजन बराम, बेस्ट डिफेन्डरमा सञ्जय दास, बेस्ट प्लेयरमा सरोज निरौला, इमर्जिङ प्लेयरमा अर्विन केसि र सबैभन्दा धेरै स्कोर गर्नेमा सोसिल सुनुवार भए । क्लबका अध्यक्ष पवन खत्री र प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिनुका साथै क्लबका क्याप्टेन रेशम रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।
फागुपूर्णिमाको अवसरमा सम्पन्न प्रतियोगितामा क्लबका अध्यक्ष खत्रीले होलिको शुभकामना समेत दिएका थिए । समाजमा सकारात्मक प्रभाव, आर्थिक चलायमानलाई बढावा दिन, युवाहरुमा शारीरिक तथा मानसिक विकासमा समेत सहयोग हुने हुँदा विभिन्न समयमा खेलकुदका गतिविधिहरु सञ्चालन गर्नुपर्ने आयोजकको भनाइ छ ।