नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य



काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको खेलमा नेपाल सामू जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो ।

उसका लागि यास्मिन खानले ४४ बल खल्दै पाँच चौकाको सहायताले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन ।

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक/एक विकेट लिए ।

प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।

जारी प्रतियोगितामा नामिबियाले नेपाललाई यसअघि पराजित गरेको थियो भने हङकङसँग चार विकेट र युगान्डासँग एक रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्रिकेट संघले गर्‍यो क्रिकेट खेलाडीको वर्गीकरण(सूचीसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाल नामिबियासँग पराजित

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको

बिपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ । व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा  ९६ लाख ६३ हजार सात सय

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज