महिला  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल हङकङसँग पराजित



काठमाडौँ । युगान्डामा जारी  महिला  टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा सोमबार भएको खेलमा नेपाल हङकङसँग दुई रनको झिनो अन्तरले पराजित भएको हो । हङकङले जितको लागि दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रनको योगदान दिइन् । यस्तै, पूजा महतोले १९, विन्दु रावलले १४, रोमा थापाले अविजित १३ तथा साना प्रविनले १० रन बनाइन् ।

हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको थियो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई÷दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक÷एक विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । नेपालले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नामिबियासँग छ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको जित निकालेको थियो ।

लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अङ्क भएको छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको हार बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेट : पुलिसद्वारा लुम्बिनी पराजित

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई

गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम विजयी

  घोराही  । किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले दाङमा जारी प्रधानमन्त्री

विराट गोल्डकपमा आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको

चर्च ब्वाइज मेचीनगर गोल्डकपको सेमिफाइनलमा

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा