गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम विजयी



 

घोराही  । किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले दाङमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो । यसअघि सुदूरपश्चिम पहिलो खेलमा कर्णाली प्रदेशसँग पराजित भएको थियो ।

दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो ।

दुई सय २१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमका ठगुन्नाले अविजित १२१ रन बनाए । उनले १०१ बल खेल्दै नौ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रनको योगदान दिए ।

बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले एक एक विकेट लिए ।
यसअघि २२० रन बनाउने क्रममा गण्डकीका लागि अर्जुन कुमाल र दिपक डुम्रेले अद्र्धशतकीय पारी खेले । दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए । यस्तै अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए । उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे ।

यसैगरी सुदीप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले दश दश रनको योगदान दिए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले एक एक विकेट लिए । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘बी’ मा

काठमाडौँ । भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित

धनगढी । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोसी

महिला  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल हङकङसँग पराजित

काठमाडौँ । युगान्डामा जारी  महिला  टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको