दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब यो पुगेन, त्यो भएन भनेर तलमाथि गर्ने छुट छैनः खेलकुदमन्त्री चौधरी



कर्णाली । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट नभएको बताएका छन् ।

आइतबार कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय खेलकुद परिषद् ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२’ मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै उनले आगामी जेठ ३–१० गतेसम्म सञ्चालन हुने प्रतियोगिता तोकिएकै समयमा हुने बताए ।

‘अब यो पुगेन, त्यो भएन, तलमाथि केही गर्न र भन्न पाइने छैन । आजकै दिनबाट सातै प्रदेशका मन्त्री तथा सदस्यसचिवलगायतलाई तोकिएको समयमा खेल हुने पत्र पठाइनेछ । यद्यपि कार्य सहजताका लागि कर्णाली प्रदेशको सदस्यसचिव जतिसक्दो चाँडो नियुक्त गर्न आवश्यक छ’, मन्त्री चौधरीले भने ।

प्रदेशले राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गरेको कर्णाली प्रदेश रङ्गशालाका लागि मन्त्री चौधरीले पूर्व तथा बहालवाला मुख्यमन्त्रीलाई धन्यवाद दिए । पत्रकारहरूलाई अब खेल हुन्न भन्ने नलेख्न आग्रह गर्दै जेठमा गर्मीको ‘सिजन’ भएकाले प्रतिकूल अवस्थामा भए पनि राष्ट्रिय ‘रेकर्ड’ राख्ने गरी प्रतियोगिता सम्पन्न गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगिता तोकिएकै समयमा हुने विश्वास बढेको बताए । जेठमा प्रतियोगिता सञ्चालन गर्न मौसम प्रतिकूल हुने चुनौतीबारे सूचित गर्दै उनले आयोजकले अलमल पर्ने गरी काम नगर्न आग्रह गरे ।

आयोजकलाई बाहिर प्रश्न चिह्न खडा हुने काम नगर्न सुझाउँदै मुख्यमन्त्री कँडेलले आयोजकसँगको समन्वयमा व्यवस्थापनका काम गर्न प्रदेश सरकार तयार रहेको बताए । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीवासीका लागि स्वागतयोग्य रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराट गोल्डकपमा आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको

चर्च ब्वाइज मेचीनगर गोल्डकपको सेमिफाइनलमा

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा

महिला टि -ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी

काठमाडौं । चार देशीय महिला टि -ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ