महिला टि -ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी



काठमाडौं । चार देशीय महिला टि -ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । आइतबारको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको हो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो । नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन् ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो ।

युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । नेपालका लागि पुजा महतोले तीन तथा कप्तान इन्दु बर्माले दुई विकेट लिइन् । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराट गोल्डकपमा आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको

चर्च ब्वाइज मेचीनगर गोल्डकपको सेमिफाइनलमा

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब यो पुगेन, त्यो भएन भनेर तलमाथि गर्ने छुट छैनः खेलकुदमन्त्री चौधरी

कर्णाली । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा