प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशको टिम घोषणा



वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको मधेस प्रदेशबाट सहभागी हुने खेलाडी नाम सार्वजनिक गरिएको छ । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो ।

मधेस प्रदेशको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशङ्कर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन् । मधेस प्रदेशको टिमको प्रशिक्षकमा सुनिल साह रहेका छन् ।

सहप्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन् । छनोट समितिका संयोजक विकास दलीको नेतृत्वमा १५ सदस्यीय टोलीको छनोट गरेको हो ।

मधेसका आठ जिल्लाका टिमबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट खेलाडीलाई छनोट गरेर मधेस प्रदेशको टिम बनाइएको हो । मधेस प्रदेशको टिम आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ । प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराट गोल्डकपमा आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको

चर्च ब्वाइज मेचीनगर गोल्डकपको सेमिफाइनलमा

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब यो पुगेन, त्यो भएन भनेर तलमाथि गर्ने छुट छैनः खेलकुदमन्त्री चौधरी

कर्णाली । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा

महिला टि -ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी

काठमाडौं । चार देशीय महिला टि -ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ