महिला कबड्डी टोली इरान प्रस्थान



काठमाडौँ । छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आज इरानको तेहरान प्रस्थान गरेको छ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज आयोजित एक कार्यक्रम बिदाइ गरे।

मानमति विष्टको कप्तानीमा रहेको टोलीमा जयन्ती बडू, रविना चौधरी, गङ्गा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन्।

यही फागुन २० देखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बङ्गलादेश, थाइल्यान्ड र मलेसिया गरी सात राष्ट्र सहभागी हुनेछन्।

सहभागीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ। अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा हरिना थापा र निर्णायकमा नितु गुरुङ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा

वीरगञ्ज । नेपाल पुलिस क्लब वीरवञ्जमा जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुुइजी

खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको पारस खड्काको गुनासो

गण्डकी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति