पूर्व फुटबलर श्रेष्ठको हृदयघातबाट निधन



काठमाडौं । नेपाली फुटबलका प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ५४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

श्रेष्ठको प्रशिक्षणमै न्युरोड टिम (एनआरटी) ले २५औँ संस्करणको बुढा सुब्बा गोल्डकपको उपाधि जितेको थियो । प्रतियोगिताकै क्रममा प्रशिक्षक श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएको थियो ।

श्रेष्ठले एनआरटीसँगै थ्रीस्टार, आरसीटी र मनाङ मस्र्याङदी क्लबबाट घरेलु फुटबल खेलेका थिए । श्रेष्ठले नेपालको १९ वर्षमुनिको टिमको प्रशिक्षक भएर पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी

बैतडी । प्रधानमन्त्री कप   पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा

फुटबल प्रतियोगिताको उद्घाटनमा केक काटेर मनाए प्रधानमन्त्री ओलीले जन्मदिन

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बर्थ डे केक काटेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा

राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा

सुदूरपश्चिम। कैलालीको गौरीगङ्गामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको