भद्रपुर झापा गोल्डकपः झापा–११ सेमिफाइनल प्रवेश



 

झापा । झापा–११ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा शनिबार भएको दोस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

झापा–११ का लागि खेलको १४औँ मिनटमा एरोन थापाले गोल गरे । उनले विपक्षी ‘गोलकिपर’ अगाडि बढेको फाइदा उठाउँदै मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् ।

चर्च ब्वाइजका लागि खेलको ४१औँ मिनेटमा विक्रम धिमालले बराबरी गोल गरे । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलको ७९औँ मिनेटमा झापा–११ का कप्तान पेमा तामाङले निर्णायक गोल गरे । झापा–११ का कप्तान तामाङ ‘प्लेयर अफ दी म्याच’ भए ।

आइतबार तेस्रो क्वाटरफाइनल खेल न्युरोड टिम र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा

सुदूरपश्चिम। कैलालीको गौरीगङ्गामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको

मच्छिन्द्र क्लबलाई इटहरी गोल्डकपको उपाधि

  धरान । पन्ध्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल

एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी

  कैलाली । धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ अन्तर्गतको

बागमती गोल्ड कपमा थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा

  मकवानपुर । बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल