भद्रपुर ब्लेजर्स झापा गोल्डकपको सेमिफाइनलमा



झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेची रङ्गशालामा शुक्रबार भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

ब्लेजर्सका लागि मिलन राईले खेलको ७२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याए । पहिलो गोल भएको दुई मिनटमा ब्लेजर्सका राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए ।

ब्लेजर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ द म्याच भएका छन् । भोलि हुने दोस्रो क्वाटरफाइनलमा झापा–११ र चर्च बोइज युनाइटेडबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्याली धावकलाई ‘धरान रन’को उपाधि

धरान। केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन्

यस वर्षको प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

काठमाडौँ । यसवर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किलोमिटर दूरीको दौडमा रणशेर

नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा प्रधानसेनापति खुला दौड प्रतियोगिता आयोजना

नेपाली सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको

खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँछः मुख्यमन्त्री लामा

  धुलिखेल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रलाई अन्तरराष्ट्रियस्तरमा परिचित गराउन खेलकुदको