सात दिन, सातै प्रदेश, सात म्याराथन सुरु



कास्की । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ शनिबारदेखि सुरु गरेको छ ।

बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ गर्दै आएको उक्त संस्थाले नेपालका सात प्रदेशमा सात दिनमा सात म्याराथन सम्पन्न गर्ने गरी सो कार्यक्रम सुरु गरेको हो ।

पोखरामा आज आयोजना गरिएको पोखरा अन्तरराष्ट्रिय म्याराथनबाट सुरु भएको यो कार्यक्रम आगामी फागुन १० गते धरानमा पुगेर समापन हुनेछ ।

“आज हामी पोखरा म्याराथन दौडियौँ । भोली बुटबलमा दौडिने छौँ । यसरी सात दिनमा धरानमा पुगेर सातै प्रदेशको सम्पन्न गर्नेछौँ”, आयोजक संस्थाका सदस्य पृथ्वी खड्काले भने । उनका अनुसार सातै प्रदेशको म्याराथनमा गरी धावकहरूले दुई सय ९६ किमी दौडने छन् ।

खड्काले भने, “नेपालमा पहिलो पटक यस किसिमको कार्यक्रम ल्याउनुको उद्देश्य खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु हो । नेपालको पर्वतारोहण र पदयात्राका लागि केही गर्न सकिन्छ भनेर लागिपरेका छौँ । छ घण्टामा म्याराथन भ्याउनुपर्ने बाध्यता छ । नभ्याए उहाँहरूले मेडल पाउनुहुँदैन ।”

म्याराथनको आम्दानीबाट जुम्लामा निर्माणाधीन हाइअल्टिच्युड ट्रेनिङ क्याम्पका लागि सहयोग गरिने खड्काले जानकारी दिए ।

“बेलायतमा नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित यस संस्थाले ‘सेभेन म्यारान च्यालेन्ज इन’ गरेको हो । यो एउटा ‘च्यारिटी इभेन्ट’ हो, म्याराथनका लागि विभिन्न सहयोगदाताबाट प्राप्त हुने आम्दानीबाट बचत भएको रकम नेपालको खेलकुद विकासमा खर्च गर्नेछौँ,” उनले भने ।

उनका अनुसार आज गण्डकी प्रदेशमा पोखरा म्याराथन, फेब्रुअरी १६ मा लुम्बिनीको बुटवलमा, फेब्रुअरी १७ मा सुदूरपश्चिमको धनगढीमा, फेब्रुअरी १८ मा कर्णालीको सुर्खेतमा, फेब्रुअरी १९ मा बागमतीको हेटौँडामा, फेब्रुअरी २० मा मधेशको जनकपुरमा र फेब्रुअरी २१ मा कोशीको धरानमा एकसाथ म्याराथन र हाफ म्याराथन हुनेछ ।

प्रत्येक दिनका दौडहरूमा राजन खत्री नेतृत्वको एथ्लेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गर्ने र प्रत्येक प्रदेशमा स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने उनको भनाइ छ ।

म्याराथनमा बेलायतबाट सन्तोष राई, रुदेन भुटिया, पृथ्वी खड्का, पाण्डे महतो र नेपालबाट सफल लामा, अर्जुन कुलुङ र विक्रम खनाल सहभागी छन् ।

यसैगरी, हाफ म्याराथनमा नेपालबाट सङ्गीता थापा, रमेश शाक्य, दीपककुमार रञ्जित, बहादुर तामाङ र राकेश महर्जन छन् । यसमा बेलायतबाट होमा पुन र मकाउबाट सुवास भुजेल छन् ।

“पोखरामा पहिलो पटक दौडन पाउँदा खुसी लाग्यो । बच्चाहरू पनि उत्साहसहित सहभागी हुनुभयो । यसमा छिटो सकाएर छिटो जित्ने भन्ने हुँदैन, छ घण्टामा सकाएर अर्को प्रदेशमा गएर छ घण्टामा सम्पन्न गर्नुपर्दछ त्यसैले चुनौतीपूर्ण छ”, खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ । व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा  ९६ लाख ६३ हजार सात सय

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘बी’ मा

काठमाडौँ । भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित

धनगढी । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोसी