ग्रिसबाट अन्तर्राष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान एन्जिला आइपुगिन् काठमाडौं



 

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा बुधबार स्वदेश फर्किएकी छिन् ।

आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुन प्रतियोगिताको लागि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो बुधबार काठमाडौँ आइपुगेकी हुन् । ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट उनी खेल्दै आएकी छिन् ।

यसैगरी व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ र साउदीमा रहेकी रेखा पौडेल केहीन दिनभित्र यहाँ आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी दिए । पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

प्रतियोगिताको टिकेटिङ राइट एक करोड ३५ लाख र ब्रोडकास्टिङ राइट ६६ लाखमा बिक्री गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर भिआइपीतर्फ  एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा

मधेशलाई पराजित गर्दै एपीएफ दुई विकेटले विजयी

घोराही । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सिड्नी ।  अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको

बिएमजे रिलोडेड क्लबद्वारा आयोजित फुटसलमा माउन्ट सगरमाथा प्रथम

काठमाडौं । बिएमजे रिलोडेड क्लबद्वारा सञ्चालन गरिएको फुटसलको उपाधि माउन्ट सगरमाथाले जितेको छ