थन्डरबोल्ट नर्थ युनाइटेडलाई ब्ल्याक बुल्स एफसी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा



पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सले थन्डरबोल्ट नर्थलाई ३–० गोल अन्तरले हरायो । ब्ल्याक बुल्सको जितका लागि इस्लोम्जन, सयदज्मोल र शाब्कात्जोनले १/१ गोलको योगदान दिए । खेलको ३८ औं मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै खाता खोलेको थियो ।

टिमका लागि पहिलो गोल इस्लोम्जनले गरे । उनले साभकात्जोनले मिलाएको पासलाई सदुपयोग गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट गोल गरे । त्यस्तै खेलको ७३ औं मिनेटमा सयदज्मोलले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । उनले साभकातले दायाँ साइडबाट दिएको पासमा गोल गरेका हुन् ।त्यसको केहीबेर पछि नै शाब्कात्जोनले गोल गर्दै टिमलाई ३–० को सहज स्थितिमा ल्याए ।

उनले खेलको ७५ औं मिनेटमा डि बक्स बाहिरबाट हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो । अब ब्ल्याक बुल्सले बिहीबार थ्रीस्टार सगँ खेल्ने छ । सेमिफाइनलअन्तर्गत बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ । व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा  ९६ लाख ६३ हजार सात सय

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘बी’ मा

काठमाडौँ । भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित

धनगढी । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोसी