मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो साता



वीरगञ्ज । मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटि क्लव वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् ।

फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटि क्लव वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

‘‘विगतमा वीरगञ्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’’ उनले भने, ‘‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेश प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं ।’’

प्रतियोगितामा संकटा फुटबल क्लव, मछिन्द्र फुटबल क्लव, बागमती युथ क्लव सर्लाही, नेपाल पुलिस क्लव,गरवाल डाइमण्ड फुटबल क्लव दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड,काठमाडौं, सलहेश फुटबल क्लव सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

क्लवका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको बिजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेचीनगर गोल्डकपः धरानलाई पराजित गर्दै काँकडभिट्टा फाइनलमा

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा धरान

क्रिकेट संघले गर्‍यो क्रिकेट खेलाडीको वर्गीकरण(सूचीसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाल नामिबियासँग पराजित

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको

नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य

काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको