आहा ! रारा पोखरा गोल्डकपः चर्च व्वाइज क्वाटरफाइनलमा



कास्की । चर्च व्वाइज फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा एनआरटी फुटबल क्लबलाई हराउँदै चर्च व्वाइजले अन्तिम आठको यात्रा तय गरेको हो ।

एनआरटी र चर्च व्वाइजले पोखरामा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । पहिलो हाफमा एक गोलले पछि परेको चर्चले दोस्रो हाफमा गोल फर्काउँदै खेल बराबरी गर्न सफल भयो । एनआरटीले खेलको २५औँ मिनेटमा रिचार्ड विल्सनको गोलबाट अग्रता लियो ।

तर खेलको ६४औँ मिनेटमा एनआरटीका नरेन चौधरीले मनिष जर्गामगरलाई पेनाल्टी बक्समा लडाएपछि चर्चले पेनाल्टी पायो । नविन लामाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए ।

निर्धारित समय र अतिरिक्त समयको खेल एक एक गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रसिंह थापा, अकिन्स बाफोर, प्रशान्त लक्सम, नविन लामा, अबायोमी र मिलन राईको प्रहार गोलमा परिणत भयो भने सकल रेग्मी र राज भुषालले गोल गर्न सकेनन् ।

एनआरटीका गोलकिपर विशाल सुनार, अन्जन विष्ट, सुमित श्रेष्ठ, जय गुरुङ र रवि लोप्चनको पेनाल्टी गोलमा परिणत भयो । रिचार्ड विल्सन, जन्मदेव धामी र मिचेल मगरको प्रहार खेर गएको थियो । चौविसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ६ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् । यस्तै ‘फेएर प्ले’को रूपमा एउटा टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डडेल्धुरा अर्जुन ट्रफीमा घोडाघोडी–११ सँग डडेल्धुरा पराजित

  कैलाली । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत घोडाघोडी–११ सुखडले

युकेएफसीलाई हराउँदै एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान । युकेएफसी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी फुटबल क्लब २५औँ

स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्याउन सम्झौता

  काठमाडौँ । राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद

महिला क्रिकेटमा नेदरल्याण्ड्सद्वारा थाइल्याण्ड पराजित

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई एक विकटले पराजित गर्दै