प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नविकरण नगर्ने क्यानको निर्णय



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । क्यान र देसाईबीचको आपसी सहमतिमा सम्झौता नवीकरण नगरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । भारतीय क्रिकेटर देसाईलाई क्यानले २०७९ माघ २३ मा प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

उनी प्रमुख प्रशिक्षक भएर आउँदा नेपाली टिम आईसीसी विश्वकप लिग २ मा खराब अवस्थाबाट गुज्रिरहेको थियो । देसाईकै प्रशिक्षणमा नेपालले लिगका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप ग्लोबलमा छनोट भएको थियो भने मात्र एक दिवसीय मान्यता पनि जोगाएको थियो । देसाईको पालामा नेपालले क्रिकेटमा पाएको सबैभन्दा ठूलो उपलब्धि टी २० विश्वकपमा छनोट र एसिया कपमा छनोट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको टोली घोषणा

बैतडी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली

माओवादीको पदाधिकारी बैठक बस्दै, राजावादीको सक्रियता बैठकको एजेण्डा

काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि तराई–मधेश जागरण अभियान स्थगित गरेको नेकपा माओवादी केन्द्रको

पुलिसलाई दोस्रो वीरगञ्ज गोल्डकपको उपाधि

  वीरगञ्ज । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ