महिला त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य



काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्याण्डसामु जितका लागि एक सय दुई रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो ।

नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।

बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् ।

अहिले थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० सिरिजमा नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको

टाइगर कप भलिबलमा टाइगर ग्रुप पोखरा फाइनलमा

कास्की । आयोजक टोली टाइगर ग्रुप पोखरा पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा

टस जितेर थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ,।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई

सिन्धुपाल्चोक । जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको