महिला हाफ म्याराथनको उपाधि सेनाकी आश्मा विकलाई



तनहुँ । सहिद दिवसका अवसरमा व्यास नगरपालिकाद्वारा बुधबार आयोजित चौथो व्यासनगर खुला महिला हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत रोल्पाकी आश्मा विकले चुमेकी छन् ।

विकले व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गर्दै प्रथम पुरस्कार हात पारेकी हुन् । म्याराथनमा सहभागी ३३ जना धावकलाई पछि पार्दै उनले रु ४१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिईन् ।

उनका अनुसार ओखलढुङ्गा निवासी नेपाली सेनाकी लक्पा डिङ्मा शेर्पाले दुई घण्टा चार मिनेट ५३ सेकेण्डमा पार गरी द्वितीय बनेकी छन् । उनले ३१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

त्यसैगरी नेपाल प्रहरीमा कार्यरत काठमाडौंकी विमला तामाङले दुई घण्टा बाह्र मिनेट ३८ सेकेण्डमा पार गर्दै तृतीय स्थान हासिल गरी रु २१ हजार ८१ ट्रफी तथा प्रमाणपत्र प्राप्त गरिन्।

म्याराथनमा सान्तवना हुने नम्रता गुरुङ, सन्ध्या अधिकारी, अस्मिता थापा, सङ्गीता रानाभाट र मुना मजकोटी पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

विजयी खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यासकी उपप्रमुख इन्दिरा दरैले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । बिहीबार

धरान चिनाउने बुढासुब्बा गोल्डकप

धरान । यतिबेला धरानमा बुढासुब्बा गोल्डकपको चर्चा निक्कै भइरहेको छ । धरानलाई चिनाउने

नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य

घरेलु फुटबल खेलबाट अनु लामाको सन्यास

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट बुधबार