पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरू



कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिता सुरू भएको छ ।

‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औँ संस्करणको  प्रतियोगिता पोखरा–१ बगरस्थित पुरानो टुँडिखेलमा सञ्चालन भएको हो ।

प्रतियोगितामा भारतको देहरादुन, काठमाडौँ, ललितपुर, चितवन, सिरहा, हेटौँडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी मधुकरसिंह कार्कीले गरे । उद्घाटन खेलमा सङ्गम भेट्रान्स विजयी भएको छ । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्गम दोस्रो चरणमा प्रवेश गरेको हो ।

सङ्गमको जितमा दिलीपकुमार गुरूङले निर्णायक गोल गरे । यसैगरी आजको अर्काे खेलमा आयोजक भाइखलकले विष्णु पादुका हेमजालाई ३–० गोल अन्तरले हरायो ।

भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान एक/एक गोल गर्नुभयो भने अर्को गोल हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गरे ।

बगर भाइखलका अध्यक्ष ईश्वरमान गुरूङले प्रतियोगिताको तीन विधामा (४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूह) कूल ३९ टिमको सहभागिता रहेको जानकारी दिए ।

प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले रू दुई लाख उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइखलकका महासचिव मनकाजी गुरूङले जानकारी दिए ।

सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद रू १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले जनही रू पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले रू एक लाख र उपविजेताले रू ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ६० वर्ष उमेर समूहतर्फको विजेताले रू ५० हजार र उपविजेताले रू ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

गत संस्करणमा ४० वर्ष उमेर समूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौँ, ५० वर्ष उमेर समूहतर्फ सङ्गम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला हाफ म्याराथनको उपाधि सेनाकी आश्मा विकलाई

तनहुँ । सहिद दिवसका अवसरमा व्यास नगरपालिकाद्वारा बुधबार आयोजित चौथो व्यासनगर खुला महिला

घरेलु फुटबल खेलबाट अनु लामाको सन्यास

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट बुधबार

एपीएफ क्लबलाई एन्फा राष्ट्रिय महिला लिगको उपाधि

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ

केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि  हुने, विजेतालाई १५ लाख

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको