मच्छिन्द्र क्लब सभापति कप फुटबलको सेमिफाइनलमा



 

काठमाडौँ । सभापति कप पुरुष फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा मच्छिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

मच्छिन्द्रको जितमा सनिश श्रेष्ठले गोल गरे । सनिशले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोल मच्छिन्द्रका लागि निर्णयक सावित भयो । योसँगै सेमिफाइनल खेलमा मच्छिन्द्रले सङ्कटा फुटबल क्लबसँग खेल्नेछ । बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले हराउँदै सङ्कटाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेताले  २६ लाख र उपविजेताले १३ लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ । व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा  ९६ लाख ६३ हजार सात सय

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘बी’ मा

काठमाडौँ । भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित

धनगढी । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोसी